सर्वाेच्चको मुद्दाको पेशी अब मोबाइल एप्समा


काठमाडौं– सर्वाेच्च अदालतले ‘सर्वोच्च अदालत मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ।

 

बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’ को प्रयोग गरेर शुभारम्भ गर्दै ‘स्मार्ट जस्टिस’को अवधारणान्तर्गत मोबाइल एप्स ल्याइएको बताए।

यसले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुग्ने उनको दाबी छ।

 

न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा, न्यायाधीश अनील सिन्हाले मोबाइल एप्स तयार गरेका हुन्। न्यायाधीश सिन्हाले सूचना प्रविधिमैत्री अदालत बनाउनाका साथै सुलभ तरिकाले मुद्दाका बारेमा जानकारी दिन एप्स तयार गरिएको जानकारी दिए।

 

मोबाइल एप्समा मुख्य सेवा सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी, आदेश, फैसलालगायत हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement