सर्वोच्च बारबाट दुई जना वरिष्ठ अधिवक्ता एमिकस क्युरीमा सिफारिस


काठमाण्डु – सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई जना वरिष्ठ अधिवक्ता एमिकस क्युरीमा सिफारिस भएका छन् ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई सर्वोच्च अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा सिफारिस गरेको हो ।

गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गरेको प्रतिनिधिसभाविरुद्धको रिटमा असार ९ गतेबाट सुनुवाई सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरेका थिए । इजलासले जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

साथै संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement