दुर्घटना

सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेत – टिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव गेलाङको घटनास्थलमै मृत्यु भएको हो ।

dish home

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाइँले जानकारी दिए । ठक्करलगत्तै टिपरचालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top