काठमाण्डु – नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्नको क्रममा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।
सुरुङमार्गको उदघाट्नका क्रममा काठमाण्डुको चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले आफ्ना माग पूरा हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले प्रदर्शन गर्दै धर्नामा बसेका थिए । तर प्रहरीले धर्नामा हस्तक्षेप गर्दै उनीहरूलाई हटाएको छ ।
स्थानीयले विभिन्न माग राखेर बलम्बु फ्लाइओभर नजिकै धर्नामा बसेका थिए । सुरुङमार्गका कारण खानेपानी मुहान सुकेको, पानीको आजीवन व्यवस्थापन गरिदिनुपर्ने माग उनीहरूको छ । सुरुङ मार्गबाट बग्ने पानी खेर गइरहेको तर स्थानीयले त्यसलाई प्रयोग गर्न नपाएको उनीहरुको गुनासो छ ।
सुरुङमार्ग उदघाटनका लागि आएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मन्त्री लम्सालले संघर्ष समितिका प्रतिनिधिहरुलाई भेटेर माग सम्बोधनको आश्वासन दिएका छन् ।




प्रतिक्रिया