प्रधानमन्त्री कार्यालयबाट प्रवाह हुने सूचनालाई व्यवस्थित गरिन्छः सूर्य थापा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयबाट प्रवाह हुने सूचनालाई व्यवस्थित गरिने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रियामा गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखमेत रहेका थापाले सूचना प्रवाह थप चुस्त र व्यवस्थित बनाइने बताएका हुन् ।

यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे सही समयमा आधिकारिक सूचना प्रवाह नगर्दा भ्रामक समचार बाहिरिएको भन्दै उपस्थित पत्रकारहरुले यसतर्फ ध्यान दिन सुझाव दिएका थिए ।

जवाफमा सल्लाहकार थापाले जरुरी, सार्वजनिक र संवदनशील विषयमा प्रेस नोट जारी गरिने बताए । प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले राजीनामा दिएपछि थापा प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement