रिया चक्रवर्ती तिम्रो वास्तविकता चाँडै नै पर्दाफास हुन्छ: नायक सुमन


एजेन्सी – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नायक अध्ययन सुमनले सुशान्तकी प्रेमिका अर्थात नायिका रिया चक्रवर्तीको वास्तविकता चाँडै नै पर्दासास हुने बताएका छन् । हालै नायक सुमनले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै रियाको वास्तविकता चाँडै नै पर्दाफास हुने बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘रिया चक्रवर्ती, तिम्रो वास्तविकता चाँडै नै पर्दाफास हुनेछ । तिमी दौडन सक्छौ तर थकाई लागेर नै मर्नेछौ । गलत व्यक्तिसँग संगत गर्नु कति भयावह हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’

सुशान्त सिंह राजपूतको मृत्यु भएको एक महिना बढी समय बितिसकेको छ तर उनको मृत्युको रहस्य सुल्झिनुको साटो थप गाँठो परेको छ । हुन त सुशान्तको मृत्युपछि धेरै मानिसहरुले उनको अचानक मृत्युलाई कुनै षड्यन्त्र बताएको छ ।

अध्ययन सुमनले फिल्म हाल–ए–दिल, राज–द मिस्ट्री कन्टिन्यूज, जस्न लगायतका फिल्ममा अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement