हत्या आरोपमा ओलम्पिक विजेता सुशील कुमारविरुद्ध पक्राउ पर्जी, सूचना दिनेलाई एक लाख पुरस्कार


एजेन्सी – पहलवान सुशील कुमार विवादमा तानिएका छन् । भारतीय प्रहरीले एक युवाको हत्या आरोपमा उनको बारेमा सूचना दिनेलाई १ लाखको पुरस्कार दिने घोषणा गरेको छ ।

पूर्व कनिष्ठ राष्ट्रिय कुश्ती च्याम्पियन सागर रानाको नयाँ दिल्लीको छत्रसाल स्टेडियमको पार्किङ बाहिर हत्या गरिएको दुई हप्ता पछि दिल्ली प्रहरीले पहलवान सुशीलको विषयमा सूचना दिनेलाई एक लाख राशीको पुरस्कार दिने घोषणा गरेको हो ।

त्यस्तै प्रहरीले उनका सहयोगी अजयलाई ५० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । उनी पनि उक्त मुद्दामा फरार रहेका छन् ।

यसभन्दा पहिले, दिल्लीको अदालतले सुशील कुमार लगायत छत्रसाल स्टेडियममा २३ बर्षे सागर राणाको हत्याको आरोपमा आरोपी विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो।

पहलवानबीच झगडा भएको घटना मे ४ मा रिपोर्ट गरिएको थियो जसमा केही पहलवान घाइते भएका थिए । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो ।

ती मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । यद्यपि, पहलवान सुशीलले मे ५ मा उक्त आरोपलाई अस्वीकार गरेका थिए । उनले आफ्ना पहलवान छत्रसाल रंगशालामा भएको झडपमा सहभागी नभएको बताएका छन् ।

उनले सन् २०१२ लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए । साथै चार वर्ष अघि उनले बेइजिङ ओलम्पिकमा कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement