पूर्वप्रधानन्यायाधीश कार्की भन्छिन्– भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोग भोगे


विराटनगर– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भ्रस्टाचारविरुछ लड्दा आफूले महाभियोगको सामना गर्नु परेको बताएकी छन्।

शनिबार मोरङमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी हुन्।

कार्कीविरुद्ध तत्कालीन सरकारले गत वैशाखमा महाभियोग लगाएको थियो। तर, सर्वत्र विरोध भएपछि फिर्ता लिइएको थियो।

कार्कीले स्थानीय निकाय अर्धन्यायिक निकायमा गएकाले मुद्दाको निरुपण र मेलमिलाप गर्दा सफा मनले निष्पक्ष रुपमा कार्य गर्न सुझाव दिइन्।

कोही मान्छे जन्मँदै सिकेर आएको हुँदैन भन्दै उनले स्थानीय निकायका प्रमुखसँगको समझदारीका साथ कानूनसम्बन्धी अध्ययन र अधिवक्तासँगको राय सुझावले न्याय सम्पादन गर्न पनि आग्रह गरिन।

न्यायको कार्य गर्दा विभिन्न किसिमका मुद्दा आउने बताउँदै स्थानीय निकायले हेर्नेबाहेक बलात्कार, चेलीबेटी बेचबिखनलगायत अन्य फौज्दारी मुद्दा अदालतमा पठाउनु पर्ने उनले औँल्याइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement