सन्नी लियोनी नेपाल आउँदै


काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी फेरी नेपाल आउने भएकी छन् । बलिउडकी स्टार सन्नी लियोनी नेपाली फिल्म पासवर्डको प्रिमियर प्रदर्शनमा आउन लागेको मंगलबार भिडियो सन्देशमार्फत् उनले जानकारी दिएकी छन् ।

उनले उक्त फिल्ममा समावेश गरिएको गीत ‘आजको शाम’ मा अभिनय गरेकी छन् । उनी अभिनित उक्त बोलको गीत करिब ४० लाखले हेरिसकेका छन् । उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement