सुयोग्य सहकारीद्धारा वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न

सुयोग्य सहकारीद्धारा वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न


काठमाण्डु – सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । काेटेश्वरमा रहेकाे सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हाे ।

 ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने भिजनका साथ अगाडि बढेको उक्त संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

मोटिभेटर अरुण कुमार श्रेष्ठले जीवनको बाटो सम्वन्धि उत्प्रेरणात्मक प्रशिक्षण दिंदै स्वस्थ्य रहन अपनाउनुपर्ने जीवनशैलीको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । यसैगरी संस्थाका सल्लाहकार चित्रा कुमारी थाम्सुहाङ सुव्वाले वित्तीय साक्षरता सम्वन्धी सहजीकरणमा वित्तीय स्वतन्तत्राका लागि पारिवारिक वजेट, वचत र लगानीवारे प्रष्ट पार्दै बैंक वित्तीय संस्थामा जोखिम सिर्जना भएको हालको सन्दर्भमा उपयुक्त वित्तीय सेवा प्रदायक संस्था छनौटमा ध्यान दिन सुझाएकी थिइन् ।

कार्यवाहक अध्यक्ष टेक वहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा संस्थाका करिव एक सय जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो ।