काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिस्थितिगत अपडेटका विषयमा नेपालका लागि विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूसँग अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार दिउँसो ३:१० बजेदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा छलफल सुरु भएको हो ।
छलफलमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत स्कट अर्बम, बेलायती राजदूत रब फेन, जापानी राजदूत मायदा तोरु, स्विजरल्यान्डका राजदूत डा. ड्यानिएल मेउव्ली लगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरू सहभागी छन् ।
विश्व बैंक, एसियाली विकास बैंक, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग लगायत अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूको पनि छलफलमा सहभागिता रहेको छ ।
छलफलमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा कूटनीतिक प्रतिनिधिसहित करिब ३०–३५ जनाको उपस्थिति रहेको छ ।
बैठकमा प्राधिकरणले प्रस्तुत गर्ने परिस्थितिगत अपडेटका आधारमा विपद्को वर्तमान अवस्था तथा सम्बन्धित विषयमा छलफल भइरहेको जनाइएको छ ।




प्रतिक्रिया