काठमाण्डु – लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आग्रह गरेको छ ।
नयाँ सरकार बनेयता सेयरबजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै सचिवालयले उनीहरूलाई निराश नहुन आग्रह गरेको हो ।
मन्त्री वाग्लेको सचिवालयले शुक्रबार सन्देश जारी गरी सेयरबजार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको दाबी गरेको छ ।
सचिवालयका अनुसार तरलता पर्याप्त रहेको, ब्याजदर घटेको र सरकारले लगानी तथा खर्च प्रोत्साहन गर्ने नीतिहरू अघि बढाएको हो ।
सन्देशमा स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियमनकारी निकायमा विज्ञ र पारदर्शी नेतृत्व चयन भएको उल्लेख गर्दै सेयरबजार सुधारका लागि योजनाबद्ध काम भइरहेको जनाइएको छ ।
बजारबारे विभिन्न माध्यमबाट फैलाइएका नकारात्मक हल्लाप्रति सचेत रहन पनि सचिवालयले लगानीकर्तालाई आग्रह गरेको छ । केही व्यक्तिहरूले गलत भाष्य निर्माण गरी त्रास फैलाउने प्रयास गरिरहेको जनाउँदै सरकारले अफवाहका आधारमा नभई तथ्य र प्रक्रियाका आधारमा काम गर्ने सचिवालयले स्पष्ट पारेको छ ।




प्रतिक्रिया