अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन मन्त्री वाग्लेले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।

दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले ‘क’ श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन् ।