स्वरोजगार लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति, कति कित्ता ?

स्वरोजगार लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति, कति कित्ता ?


काठमाण्डु– स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले  स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति दिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको हो ।

अब लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्न पाउने छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन् ।