त्रिकोणात्मक टी–२० सिरिजः कुशल बने लगातार अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान


काठमाण्डु – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत जारी नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालका खेलाडी कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । योसँगै करिअरको पहिलो तीन टी–२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजितले ६१ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement