त्रिकोणात्मक सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिने सरकारको निर्णय


काठमाण्डु – सरकारले त्रिकोणात्मक सिरिज जित्ने नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको हो ।

बैठकले नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।उनले नेपाली टिमका ३ जना प्रशिक्षकलाई समेत जनही २ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement