चीनसँग कुनै हालतमा नझुक्ने ताइवानकी राष्ट्रपति वेनको घोषणा


एजेन्सी – ताइवानकी राष्ट्रपति साइ इंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट राष्ट्रपति वेनले चीनसँग कुनै पनि हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताएकी हुन् ।

ताइवानको प्रगतिका कारण चीनले दबाब दिएको उनले बताइन् । ‘हामीले जति प्रगति गर्छौँ त्यति नै हामीमाथि चिनियाँ दबाब बढ्दै जानेछ । ’, ताइवानको राष्ट्रिय दिवसका अवसरमा उनले भनिन् ।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्दै आए पनि चीनले आफूबाट छुट्टिएर रहेको एउटा प्रान्त मान्दै आएको छ । एक साताअघि ताइवानको हवाई क्षेत्रमा चीनले लडाकु विमान उडाएको थियो । ताइवानको हवाई क्षेत्रमा चीनले १५० भन्दा बढी लडाकु विमान उडाएको थियो । सो विषयलाई लिएर अमेरिकाले चीनको बिरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement