तालिबान सरकारले खारेज गर्यो महिला मन्त्रालय


काठमाण्डु – तालिबान सरकारले अफगानिस्तानमा महिला मामिला मन्त्रालय बन्द गरेको छ । शुक्रबार तालिबानले महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो ।

सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत् महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो । पछिल्लो २० वर्षयता अफगानी महिलाहरूले आधारभूत अधिकारको लागि लड्दै आएका थिए ।

महिलाहरू तालिबान आएपछि आफ्नो अधिकार गुमाउने डरमा छन्। तालिबानले हालै बनाएको सरकारमा पनि सबै मन्त्रीहरू पुरूष छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement