तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने


काबुल – तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय गठन गरेको थियो ।

अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिर निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।‘हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ,’ मन्त्रालयका प्रवक्ता मोहम्मद युसुफले भने ।

‘हामी मुस्लिम कानून अनुसार सजाँय दिन्छौ । कानूनले जे निर्देश गर्छ सोही अनुसार हामी अगाडि बढ्छौं । ठूला अपराध गर्नेलाई सजाँय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ,’ उनी अगाडि थप्छन्, ‘जस्तैः हत्या अभियोगीलाई अलग कानून हुन्छ । तपाइँले जानेर कसैको हत्या गर्नुहुन्छ भने त्यसको बदलामा तपाईंको हत्या हुन्छ । तर, नियतवश होइन भने अर्कै सजाँय हुन्छ ।’

शरिया कानूनअनुसार अपराधीको हात काटिदिनेदेखि बलात्कारको अभियोग लागेकालाई यातना दिएर हत्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आँचरण प्रहरी परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement