आश्रममै देखिए तपस्वी बम्जन

आश्रममै देखिए तपस्वी बम्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्। करिब तीन महिना अगाडिनै सार्वजानिक हुने भनिएपनि सुरक्षाको चुनौती भन्दै सार्वजानिक भएका थिएनन्।

तर १४ औं महामैत्री दिवस, विश्व शान्ति महामैत्री पूजा प्रार्थनामा उनी देखिएका हुन्। केहि महिना अगाडि आश्रम भित्र उनका अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको यौन दुर्व्यवहार गरेको जस्ता आरोप लागेको थियो।

ुशुक्रबार दिनभर दर्शन दिने कार्यक्रम गुरुको छ, शुक्रबार सबैले दर्शन गर्न सम्भावना भएन भने शनिबार पनि यो कार्यक्रम जारी रहनसक्छु, बोधी श्रवण धर्मसंघका केन्द्रीय सदस्य छत्र घिसिङले भने–‘मैत्री भाषण र मैत्री लिपीलाई प्रतिपादन गरि सोही भाषा र लिपीमा पूजा गरिएको छ।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए। तत्कालिन अवस्थामा सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुन २०७४ साल असोजदेखि सिन्धुलीलाइनै आश्रम बनाएर बसेका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।