नायीका तापसी र निर्माता अनुराग कश्यपको घरमा आयकर विभागको छापा


एजेन्सी – आयकर विभागले बलिउडकी नायीका तापसी पन्नू, निर्माता अनुराग कश्यप, विकास बहल र मधु मनटेनाको घरमा छापा मारेको छ ।

कर छलीको आरोपमा विभागले उनीहरुको घरमा बुधबार छापा मारेको हो । विभागले फ्यान्टम फिल्म्ससँग जोडिएका कलाकारमाथि छानवन गरिहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यी सबै फ्यान्टम फिल्म्ससँग सम्बन्धित रहेको बताइएको छ । यान्टम फिल्म्समाथि ट्याक्सको चोरी गरेको आरोप लागेको छ ।

छापामारीमा भेटिएको दस्तावेज र प्रमाणको आधारमा पनि अनुसन्धानको दायरा बढ्न सक्ने आयकर विभागले जनाएको छ । त्यस्तै मधु मंटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकरका अधिकारी पुगेका छन् ।

यसमा अन्य थुप्रै वरिष्ठ कलाकारहरुको पनि संलग्नता रहन हुन सक्ने अनमान गरिएको छ । खबरका अनुसार विभागले मुंबईको २२ स्थानमा छापा मारेको छ । यसका अलावा आयकर विभागले भारतको पुणेमा समेत अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement