गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेह्रथुमको मेन्छयायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमको ससुराको निधनमा सार्वजनिक बिदा दिइएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राती निधन भएपछि गाउँपालिकाले आज एक दिन सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरू (स्वास्थ्य संस्थाबाहेक) मा शोक विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।