तरकारी बेचेर भात खानेहरूका लागि के दशैँ आयो भन्नु (हिरादेवीको कथा )


काठमाण्डु – बर्षदिनपछि आएको दशैंले सबैको घरमा खुशी छाएको छ । शहरका बजारमा किनमेल गर्नेको भिड लागेको छ भने गाउँका अधिकांश घर रातो र सेतो माटोले पोतिएका छन् । खसीबोका किनीरहेका छन् । केटाकेटीहरु चङ्गा उडाएर दशैँलाई स्वागत गरिरहेका छन् । देशभर दशैँको रौनक छ ।

विदेशिएका नेपालीहरु पनि दशैँ मान्न घर फर्किएका छन् । तर काठमाण्डुको स्वयम्भुमा बस्ने ४५ बषकी हिरादेवीलाई भने दशौको कुनै रौनकले छोएको छैन । उनि आफ्नो दैनिक कर्ममै जुटिरहेकी छन् । बिहानै उठ्यो कालिमाटी पुगेर तरकारी ल्यायाे अनि ठेलागाडामा राखेर स्वयम्भुमा बेच्यो । व्यापार राम्रो भएको दिन नै उनकालागि दशैँ हो । यस्ता चाडपर्वले उनको जिवनमा कुनै रंग भर्न सक्दैन ।

२०७१ सालमा श्रीमानको मुत्यु भएपश्चात संर्घषका दिन सुरु भए । नेपाली सेनाका जागिरे श्रीमानको साथ दुई छोराछोरी सिन्धुपाल्चोकमा आफुलाई खनजोत गरेर खानपुग्ने जग्गा जमिन साथीभाई परिवारको साथ जिन्दगी भनेजस्तै थियो । तर श्रीमानको मृत्यु भएपश्चात भने उनमा ठुलो बज्रपात आईलाग्यो । २०७२ सालमै भुकम्प आयो । भुकम्पले सिन्धुपाल्चोकमा रहेको घर नै भत्कियो । सरकारले घोषणा गरेको राहत समेत पाइनन् ।

अंशका लागि पटक-पटक आग्रह गर्दा समेत जेठाजुले नदिएको उनको गुनासो छ । ‘मलाई पनि अंश देउ, अंश देउ भने अहिलेसम्म सुन्नु भएको छैन । आजकालत जेठाजुले मेरो फोन नै उठाउनु हुँदैन । उहाँहरु अहिले काडाँघारीमा ठुलो घर बनाएर काडाँघारीमा बस्नुभएको छ मेरो त के भनौ बुढो बितिहाल्यो । उताबाट पनि राहत मिलेन । के गर्नु अब दुई छाक टार्नै प¥यो ठेला चलाउदै छु ’ आर्थीक अभावले अहिलेसम्म पनि भुकम्पले लडाएको घर उठाउन नसकेको उनले दुखेसो पोखिन उनि भन्छिन् ‘सिन्धुपालचोक मा घर थियो तर भुकम्पले लग्यो । त्यो घर अझ उठाउन सकिएको छैन ।

राहत आउदा जेठाजुले वैमानि गरे । हामी छुट्टिएर बसेकालाई पनि संयुक्त परिवार भनेर नाम लेखाएछन् । ’ अहिले उनको दैनिकी ठेला गाडामा तरकारी बेच्यो साँझ तरकारी बेचेर आएको पैसाले खाध्यान्न लिएर कोठामा पुग्छिन् । अहिले सबैतिर दशैँको रमझम छ तर हिरादेवीको मनमा भने छोराछोरीलाई दुइ छाक कसरी खुवाउने भन्ने चिन्ता मात्रै छ ।

उनि भन्छिन् ,‘ खै के दशैँ आयो भन्नु हामीलाई त दशैँ नै दशा जस्तो लाग्छ , मनमा खुसी र हातमा दाम हुनेहरुलाई पो चाँडवाडको रंग रमाइलो हुँदो रहेछ यस्तो दुखियालाई पिरैपिर मात्र , हाम्रो लागि त राम्रोसंग पेटभर खान पाए त्यही हो दशैँ ’ आफ्नो मनमा कुनै राैनक नभएपनि छोरा छोरीको मन खुसी कसरी बनाउने भन्ने उनमा चिन्ता छ । ‘हामीलाई पो पिडा छ खासै वास्ता लाग्दैन केटाकेटीलाई कसरी चित्त बुझाउने दायाँ बाँया देख्छन् केटाकेटी न हुन कहा“ बुझ्छन र सबै कुरा उनिहरुको त दिन उमेर छ मिठो मसिनो खान राम्रो लाउने रहर छ तर गरिबको घरमा जन्मेपछि कसरी पु¥याउन सकिन्छ र ’ सानो ब्यापार त्यहीमाथी ३ जनाको परिवार पाल्नुपर्ने उनको जिम्मेवारी छ ।

ठेलाबाट कमाएको पैसाले छोराछोरी पढाउनेदेखि उनिहरुको आवश्यकता पुरा गर्न हम्मे हम्मे छ । यस्तो अवस्थामा चाडपर्व आउदा कसरी पर्व मनाउने अर्को चिन्ता उनमा थपिएको छ । ‘ठेलाको व्यापार छ पा“चकिलो आलु बिक्न ५ दिन लाग्छ कहिले हरीयो तरकारी बिक्दैन र घाटा पनि खानुपर्छ यो सबै खर्च कटाएर दैनिकी पनि चलाउनै प¥यो , अव चाडमा केटाकेटी माछा मासु खाने रहर गरेका छन् ।

कपडा किन्ने पनि भनेका छन् कसरी थेग्नु मैले सारै चिन्ता छ ’ उनले छोराछोरीको मन बुझाउन आश्वासन भने दिन छाडेकी छैनन् ‘दुख दिएपछि भोली किनि दिउँला पर्सि किनी दिउला त भन्नै प¥योनी केटाकेटीले पनि मानेका छन् जहिले सक्छु त्यहीले किनिदिन्छु ’ आमाको मन न हो भित्री पीडा भएपनि दबाएर हास्ने र छोराछोरीलाई खुशी दिन मेहनेत गर्ने बताइन । अन्त्यमा उनले भनिन् ‘छोराछोरी छन् भोलि त कसो भाग्य नबदलिएला र भगवान हामी माथी मात्रै कति निष्ठूरी बन्लान र भोली छोराछोरीले पक्कै गर्नेछन् मलाई विश्वास छ ’ ।

प्रतिक्रिया दिनुहोस
Advertisement