तरकारी र फलफूल बिक्री वितरणमा अवरोध गर्नेलाई कारबाही गर्न गृहको निर्देशन


काठमाडौं – नेपाल सरकारले तरकारी र फलफूललगायतका वस्तुको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरणमा कुनै पनि प्रकारको अवरोध सिर्जान गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहमन्त्रालयले कोरोनाको महामारीका बाबजुद पनि विगत केही दिनदेखि देशका विभिन्‍न स्थानमा स्थानीय प्रशासनसमेतबाट अति आवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारी साधनहरुको आवागमनमा बाधा पु¥याउने तथा एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरु खाल्डो खनेर पुर्नेजस्ता कार्यहरु भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता क्रियाकलाप नगर्न र गरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भैरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानून विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ । तसर्थ यस प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्तिरनिकायरसंघसंस्था सहभागी नभइदिनुहुन अनुरोध गरिन्छ । कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement