टर्कीमा कोरोना संक्रमण बढ्यो


एजेन्सी – पछिल्लो समय टर्कीमा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । प्राप्त समाचारअनुसार सोमबार मात्र २० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र २० हजार ३३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यो संक्रमणबाट अहिलेसम्म टर्कीमा ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement