शिक्षक संघको अध्यक्षमा पौडेल विजयी, अन्य पदाधिकारीमा काे–काे?


काठमाडौं–  नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल विजयी भएका छन्।

संघको राजधानीमा सम्पन्न आठौं महाधिवेशनमा निकटतम प्रतिस्पर्धी केशव निरौलालाई पराजित गरेर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
पौडेल ३ सय २४ मतसहित अध्यक्षमा विजयी हुँदा निरौलाले २ सय ५६ मत मात्रै पाए।

संघको अन्य पदाधिकारीमा पनि पौढल समूहकै बर्चश्व कायम भएको छ । वरिष्ठ उपाध्यक्षमा यम पी भुसाल ३ सय १५ मतसहित विजयी भएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी विष्णुदेवी पाण्डेले २ सय ५३ मत मात्रै पाइन् ।

यसैगरी, महिला उपाध्यक्षमा पद्मिनी थापा ३ सय ४३ मतसहित विजयी हुँदा सुशीला सुवेदीले २ सय ३६ मत पाइन् ।

यसैगरी, प्रदेश उपाध्यक्षहरूमा क्रमशः प्रेमप्रसाद भट्टराई (२८४), भरत लम्साल (३३१), अमरबहादुर खड्का (३५७), जनकबहादुर सिंह (२९७) र लक्ष्मणदत्त भट्ट (३४०) मतसहित विजयी भएका छन् ।

महासचिवमा सोमनाग गिरी ३ सय २ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गोकर्ण बानियाँले २ सय ७४ मत पाए । महासचिव (अर्थ) पुष्पकला भट्टराई ३ सय २० मत सहित विजयी हुँदा गीता सिवाकोटी २ सय ४८ मत पाइन् ।

त्यस्तै, उपमहासचिवमा सुन्दर पन्त (३०२), उपमहासचिव (महिला) धनकला भण्डारी (३४६), उपमहासचिव (अर्थ) मा वाङ जुङ लामा (३०३), उपमहासचिव (समावेशी) नुर मोहम्मद मिया (२९२) र उपमहासचिव (कर्णाली) भगवती श्रेष्ठ ३२०) मत सहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement