६ वर्षीया बालिकामा कोरोना भेटिएपछि टिचिङको ईएनटीको न्युरो वार्ड सिल गरियो


काठमाडौं – शल्यक्रिया गर्न भर्ना भएकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ)को नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

कपिलवस्तु स्थायी घर भएकी बालिका नाक कान घाँटीमा समस्या आएपछि शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएकी थिइन् ।

आज बिहान स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष र ती बालिकमा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ पुगेको । जसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement