शिक्षण अस्पतालले कलेजोमा पलाएको पाँच किलो ट्युमरको अप्रेसन ग¥यो


काठमाडौं – महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोमा पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ ।

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्रा।डा। रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको अति दूर्लभ शल्यक्रियाका लागि पाँच घण्टा लागेको थियो । शल्यक्रियाबाट बिरामीको कलेजोमा पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको थियो ।

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकले बताएका छन् । शल्यक्रियामा अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहेका भण्डारीले भने, “बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले सुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा थियौँ । बिरामीको सहमति लिएर शल्यक्रिया ग¥यौँ र सफल पनि भयौँ ।”

शल्यक्रियापछि एक हप्तापछिको अस्पताल बसाइँपछि बिरामीलाई बिहीबार घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । अस्पताल छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement