झरीमा रमिएको तीजको रौनक (तस्विरहरू )

झरीमा रमिएको तीजको रौनक (तस्विरहरू )


काठमाण्डु-आज हरितालिका तीज मनाइँदै छ । यस पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

आज बिहानैदेखि झमझम पानी परिरहेको छ । पानी परेपछि तीजको रौनक केही कम भए पनि श्रद्धालुहरू छाता ओडेरै पशुपतिनाथमा पुगेका छन् । त्यस्तै पानी नरोकिए पनि उनीहरू नाँचगानमा रमाइरहेका देखिन्छन् ।

पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भए पनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र र आसपासमा बिहीबारदेखि नै मासु, मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ ।