टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारमा शुल्क निर्धारण


काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमित बिरामीको लागि शुल्क निर्धारण गरेको छ ।

कोरोना भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक टेकु अस्पतालले गरेको हो ।

कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै भेन्टिलेटमा उपचार गर्दा दैनिक उपचार १५ हजार लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार लाग्छ ।

यस्तै आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम लाग्छ ।

संक्रमित भएर मध्यम जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement