राखेप पूर्वउपाध्यक्ष शेर्पाको निधन


काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको हो ।

शेर्पा मोटर न्युरोन रोगबाट ग्रसित थिए । अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement