काठमाण्डु-टेनिस खेलाडी सिभाली गुरुङले कम्बोडियामा हुने हाई पर्फमेन्स तालिमसँगै जिएसपिडिपी एसियन यु–१४ जुनियर टेनिसमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
सिभाली आगामी सेप्टेम्बर ४ देखि ७ तारिखसम्म कम्बोडियामा हुने एटिएफ यु–१४ हाई पर्पmमेन्स तालिममा सहभागी हुनेछिन् । त्यसपछि भने उनले जिएसपिडिपी एसियन यु–१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
प्रतियोगिता सेप्टम्बर ९ देखि १३ सम्म हुँदैछ । हाई परफर्मेन्स तालिम र प्रतियोगितामा सहभागी हुन सिभाली आज नै कम्बोडिया जाँदै छिन् ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) र एसियाली टेनिस महासंघ (एटीएफ) को स्वीकृतिमा कम्बोडिया टेनिसले प्रतियोगिता र तालिम आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया