तराईमा शितलहर बढेपछि राजकिशोरले सुरु गरे कम्मल वितरण अभियान


सिरहा–पूर्व मन्त्री एंवम् राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले तराईको देखिएको शितलहरमा न्यानो अभियान सूरु गरेका छन् ।

 

सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनीधि सभामा विजयी भएका यादवले तराईमा बढेको शितलहर तथा अत्यधिक चिसोलाई मध्यनजर गर्दै उक्त क्षेत्रका दलित, अति गरिब र विपन्न परिवारलाई न्यानो स्वरुप कम्बल वितरण अभियान सुरु गरेका हुन् ।

 

यादवले बिहिवार सिरहाको राघोपुर, बिरपुर, बालुवाटोल, छड्किटोल, सिसबोनी र चमरटोलीलगायतका स्थानमा विपन्न एवम् अल्पसंख्यक दलित घरपरिवारलाई कम्बल वितरण गरेका छन् ।

 

 

वर्तमान सरकारले तराईमा शितलहर हुंदा ध्यान नदिएको आरोप लगाउंदै पुर्वमन्त्री यादवले आफुले जनताको पीडालाई मध्यनजर गर्दै केही हदसम्म न्यानो बांडने प्रयास गरेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा कम्बल वितरण गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement