ठगी मुद्दामा फरार एक खुट्टाले नाच्ने कलाकार रोमा न्यौपाने पक्राउ


काठमाडौं- ३६ लाख ठगी मुद्दा लागेकी कलाकार रोमा न्यौपानेलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । एक खुट्टाको भरमा नाचेर चर्चा कमाएकी रोमामाथि साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर छ । उनी लामो समयदेखि प्रहरीको आँखा छल्दै आएकी थिइन् ।

न्यौपानेविरुद्ध भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर एक सहकारी चलाएर लाखौं रुपैयाँ ठगी गरेको आरोप छ ।

रोमा र उनका श्रीमान् चिरञ्जीवी पोख्रेलमाथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले मुद्दा दर्ता गरेका थिए । अदालतले  २०७३ पुस २६ गते रोमाको श्रीमान चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो । तर रोमा अदालतको म्याद तामेल नगरी बसेकी थिइन् ।

फागुन १२ मा उनी पक्राउ परेकी थिइन् । तर महानगरीय प्रहरी वृत्त दरबारमार्ग र लैनचौर वृत्तले सामान्य मुद्दा भन्दै उनलाई छाडि दिएको थियो । फागुन १३ मा फेरि उनलाई पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरिएको थियो ।

उनी एक खुट्टाले नाचेर चर्चित भएकी कलाकार हुन् ।

 

तस्वीरः रोमाको फेसबुक वालबाट

 

प्रतिक्रिया दिनुहोस
Advertisement