थाइल्यान्डमा १४ वर्षीय किशोरले गरे हजुरबुबा–हजुरआमासहित ८ जनाको हत्या

थाइल्यान्डमा १४ वर्षीय किशोरले गरे हजुरबुबा–हजुरआमासहित ८ जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– थाइल्यान्डमा एक १४ वर्षीय किशोरले गोली हानेर आफ्नै हजुरबुबा र हजुरआमासहित ८ जनाको हत्या गरेका छन् । शुक्रबार बैंककको बाहिरी क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ बजे ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका हुन्।

त्यसपछि बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय पुगेका उनले ५ जना शिक्षकलाई गोली हानेर हत्या गरेका थिए। घटनामा २२ जना घाइते भएका छन्।

घटनापछि ती किशोरले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए। गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि पछि मृत्यु भएको थाइल्यान्डका सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नवीराकुलले सार्वजनिक स्थानमा बन्दुक बोक्न कडाइ गर्ने नयाँ कानुन ल्याउने घोषणा गरेका छन्। प्रस्तावित कानुनअनुसार ड्युटीमा रहेका सरकारी अधिकारीबाहेक अन्य व्यक्तिलाई सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी गरिएको छ।

प्रहरीका अनुसार घटनामा प्रयोग भएको बन्दुक किशोरका हजुरबुबाको नाममा कानुनी रूपमा दर्ता भएको थियो। हजुरबुबाको शयनकक्षबाट बन्दुक निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

थाइल्यान्डमा करिब १ करोड ३ लाख बन्दुक सर्वसाधारणको स्वामित्वमा रहेको अनुमान छ। तीमध्ये करिब ४० लाख बन्दुक अवैध रूपमा राखिएको हुन सक्ने बताइएको छ।

प्रधानमन्त्री अनुतिनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो घटना “हुनै नहुने” बताएका छन्। उनले बन्दुक नियन्त्रणसम्बन्धी कानुनलाई थप कडा बनाउने बताएका छन्।