थाइल्यान्डका राजाले जहाज चार्टर गरेर पठाए स्वास्थ्य सामग्री


काठमाण्डु – थाइल्यान्डका राजा महा भाजिरालङ कर्णले नेपालकालागि स्वास्थ्य सामग्री सहयोग पठाएका छन् । राजा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदेश  त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।

थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन् ।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement