ठमेल र दरबारमार्ग २४ घण्टै खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन, तयारी गर्दै प्रशासन


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा राजधानी काठमाण्डुको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ घण्टै खुलाउने तयारी थालिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि २४ घण्टै खुलाउँदा सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गर्न जिल्ला सुरक्षा समितिले योजना बनाउनेछ ।

‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ घण्टै सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । यसबारे स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार ४ समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement