कोशीका मुख्यमन्त्री थापाले आज विश्वासको मत नलिने


काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत नलिने भएका छन् । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आजै विश्वासको मत लिने समय टरेको बताएका हुन् ।

‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो । उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’, उनले भने ।

यता कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाण्डु आएकी छन् । अचानक स्वास्थ्यमा समस्या आएको भन्दै पसभामुख दनुवार काठमाडौँ आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement