थारुलाई नेतृत्वमा ल्याउन अन्तिम क्षणमा आफ्नै पद धरापमा पारे नेता लेखराज भट्टले


काठमाडौ – नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ बाट प्रभावशील नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो । “५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो ।”

त्यसै पनि पद अनुसार नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देश थियो । पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ती थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो ।

पूर्व माओवादी र पूर्व एमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशिको नाम मुख्य नेतृत्व तहका लागि सहमती भै सकेको अवस्था थियो । थारु समुदायबाट कसैलाई समेट्न कि लक्ष्मी जोशीलाई लिस्टबाट झिक्नु पर्थ्यो । जोशीको नाम सचिव पदका लागि सिफारिस भएको थियो ।

तर लेखराजले आफ्नै लागि अप्रीय निर्णय गरे । उनले पुराना थारु नेता सिहराज चौधरीलाई सचिव पदका लागि सिफारिस गरे । सिहंराजलाई सिफारिस गर्नुको अर्थ लक्ष्मी जोशी आउट हुनु थियो ।

लेखराजले एकपटक फेरि त्यागको मनस्थिती बनाए  । उनले सचिवका लागि प्रस्तावित लक्ष्मी जोशिलाई सह इन्चार्जमा प्रस्ताव गरे । उनले थारु समुदायबाट नेतृत्व ल्याउन नखोजेको भए या लक्ष्मी जोशिलाई हटाएको भए उनी या भीम रावल मध्ये एक जना इन्चार्ज र अर्को सह इन्चार्ज हुने अवस्था थियो । यस अघि ओली सरकार गठनको बेला तत्कालिन परिस्थितिको आकलन गरि लेखराज भट्टले मन्त्री पदमा बीना मगरलाइ सिफारिस गरेका थिए ।

एजेन्डाका हिसाबले अखण्ड ७.नम्बर प्रदेशका पक्षधर भट्टलाई थारु विरोधिका रुपमा समेत कतिपयले चित्रण गर्न खोजे । तर नेता भट्टले निर्णायक अवस्थामा आफुले पाएको समेत पद धरापमा राखेर थारु समुदायबाट प्रदेश सचिवमा सिफारिश गरे । नेता भट्ट्ले सिफारिस गरे अनुरूप नै आज बसेको नेकपा सचिवालयको बैठकले प्रदेश।नम्बर ७ को इन्चार्जमा भीम रावल, सह इन्चार्जमा लक्ष्मी जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा सिहराज चौधरिलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement