सखिया नृत्य देखाउँदै थारु समुदायका महिला


कञ्चनपुर – पश्चिम थरुहटको थारू गाउँमा अहिले सखिया नाचको रौनक छ ।

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिलाहरूले दसैँका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाएका छन् ।यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ ।

रातो ब्लाउज,सेतो गुन्यूमा सजिएका थारु बठिन्या (युवती)हरु मादलेको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि बढी, थोरै हुने गर्छ ।

सखिया थारूहरूको दशैँ तथा दीपावलीमा नाचिने नृत्य हो । यो नाचमा भगवान् श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाउँछन् ।

सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ’ शब्दबाट भएको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । ‘कान्हाले पनि द्रौपदीलाई सखी भन्थे । राधा त कान्हाकी सबैभन्दा प्रिय सखी थिइन् । त्यसैले थारू कान्हाहरू थारू लोक राधाहरूलाई बोलाउँछन्, ‘सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔँ र एकअर्कामा लीन होऔं ।’ यसरी ‘सखी आ’ भन्दाभन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement