राष्ट्रसंघका सहायक महासचिवले भेटे मन्त्रीद्वय रिजाल र खड्कालाई


काठमाण्डु – नेपालमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।

आज भएको बेग्लाबेग्लै भेटवार्तामा मन्त्रीद्वय रिजाल र खड्काले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे कुराकानी गरेका थिए ।

नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा अवसर दिनुपर्नेमा जोड दिँदै उनीहरुले राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement