चन्द्रमाको चट्टान र धुलो लिएर फर्कियो चीनको अन्तरिक्ष यान


एजेन्सी – चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको चीनको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ ।

चाङ्ग–अ फाइभ अभियान अन्तर्गत नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष पछि चीनको चाङ्ग–अ फाइभ अभियानले नमुना ल्याएको हो ।

अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने बताइएको छ । चाङ्ग–अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर भुइँबाट चट्टान र धूलो सङ्कलन गरेको थियो ।

चाङ्गई–५ गाडी बिहीबार बिहान करिब ९ बजे मंगोलियाको भित्री भागमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ । अन्तरिक्षमा निरन्तर आफ्नो क्षमता बढाउँदै चीनले यस अभियानको सफलतालाई प्रमुख उपलब्धीको रूपमा लिइरहेको छ ।

चाङ्ग ई–५ मिसन विगत सात बर्षमा चीनको तेस्रो सफल चन्द्र मिशन हो । अमेरिकी अपोलो स्पेसक्राफ्टबाट चन्द्रमाका अन्तरिक्ष यात्री र सोभियत रूसको रोबोटिक लुना अभियानले चन्द्र सतहबाट करिब ४०० किलोग्राम माटो र ढुङ्गा संकलन गरेका थिए ।

यी सबै नमूनाहरू चन्द्रमाबाट ल्याइएको करिब तीन अरब वर्ष पुरानो हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement