राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


काठमाण्डु – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

रक्षामन्त्री पोखरेलले आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement