प्रतिनिधिसभाकाे बैठक आइतबारसम्मका लागि स्थगित


काठमाण्डु – प्रतिनिधिसभा बैठक स्थगित भएको छ। । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राख्ने बताएपछि शुक्रबारका लागि तय बैठक स्थगित भएको हो।

शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

गत बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद अरुवद्ध गरेको थियो। प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको अभिव्यक्तिले एमाले सशंकित बनेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement