राष्ट्रिय चिकित्सा शिक्षा सहित तिन अध्यादेश दाेस्राेपटक संघीय संसदबाट स्वीकृत


काठमाडौँ- संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत गरेकाे छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गरेका हुन् ।

यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ((पहिलो संशोधन) अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत ग¥यो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गरेका हुन् ।

बैठकले कानून, न्याय, तथा संसदीय मामिलामन्त्री तामाङद्वारा प्रस्तुत ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५’ लाई पनि बहुमतले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement