चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए थाइल्याण्डका सेना प्रमुख


काठमाडौँ- थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा उनी यही वैशाख १९ गते नेपाल आएका थिए ।

नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति क्षत्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए  । सेना प्रमुख श्रीसुवानले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, लुम्बिनी र पोखराको भ्रमण गरे। मित्रराष्ट्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाइ गरे ।

उनको भ्रमणबाट नेपाली सेना र मित्रराष्ट्र थाइल्याण्डको सेनाबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन योगदान पुगेको नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement