१ सय किलाे सुन प्रकरण : यस्तो छ एमालेकाे ६ बुँदे धारणा (पूर्णपाठ)


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सय किलाे सुन तस्करी प्रकरणलाई लिएर पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेकाे हाे ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा तस्करी भएको भन्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे।

‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने। कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।

एमालेले सुन तस्करी प्रकरणको जरैसम्म पुगेर छानबिन गुर्नपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति अनिवार्य भएको बताएको छ । एमालेले १ सय किलाे प्रकरणमा ६ बुँदे धारणा समेत सार्वजनिक गरेको छ ।

  

प्रतिक्रिया दिनुहोस
Advertisement