२४ सयको थर्मोमिटर नेपाली सेनाले किन्यो ५१ सयमा

२४ सयको थर्मोमिटर नेपाली सेनाले किन्यो ५१ सयमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले चीन सरकारसँग जिटुजी माध्यमबाट खरिद गरेका मेडिकल सामग्रीअन्य व्यापारी घरानाले चीनबाट नै खरिद गरेर ल्याएका सामानको तुलनामा निकै महँगो पर्न गएको भेटिएको छ। यस्तो मूल्य अन्तरले जिटुजी प्रक्रियाभन्दा प्रतिस्पर्धाबाट गरिएको खरिद बढी पारदर्शी भएको र सस्तो पनि पर्न गएको सरकारी अधिकारीहरु बताउँछन्।

नेपाली व्यापारीले चीनबाट खरिद गरेको सामानको मूल्य र जिटुजी प्रक्रियाबाट खरिद गरिएको सामानको मूल्यमा ठूलो भिन्नता देखिएकाले पनि जिटुजी खरिदमा गम्भीर प्रश्न उठ्न थालेको विज्ञहरु बताउँछन्। यसअघि सरकार आफैंले किनेर ल्याएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै आलोचना चर्केपछि यस्ता सामग्री खरिद गर्न सेनालाई दिने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको थियो।

सेनाले करिब साढे ५१ सय (४३ डलर ३० सेन्ट) हालेर ५ हजार ३ सय ३९ थान इन्फ्रारेड थर्मोमिटर खरिद गरेको छ। तर यसअघि सरकारले व्यापारी सुलभ अग्रवालले २० डलर अर्थात २४ सय रुपैयाँमा किनेको इन्फ्रारेड थर्मोमिटर (गन) १५ हजारमा बेच्दै गरेको भेटेपछि उनलाई कालोबजारीको अभियोगमा पक्राउ गरेको थियो। शंकर ग्रुपका अग्रवालले चीनबाट प्रतिथान २४ सय हालेर एक हजार थान थर्मोमिटर नेपालमा ल्याई १५ हजारसम्ममा बिक्री गरेको अभियोगमा सरकारी निकायले कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने निर्णय गरेपनि सरकारले नै जिटुजीमार्फत ५१ सयभन्दा बढी हालेर थर्मोमिटर खरिद गरेको छ।

व्यापारीले भन्दा दोब्बर मूल्य हालेर एउटै प्रकृतिको मेडिकल सामग्री खरिद गरिएबाट सरकारी निकायले गर्ने खरिद पारदर्शी नभएको आशंका बलियो बनेको छ। स्वास्थ्य सेवा विभागले नै साढे १४ रुपैयाँ हालेर खरिद गरको सर्जिकल मास्क किन्नसेनाले ४३ सेन्ट अर्थात ५२ रुपैयाँ खर्चेको विषय नागरिक दैनिकले सार्वजनिक गरिसकेको छ। नागरिकलाई प्राप्त विवरणअनुसार सेनाले ६३ प्रकारका मेडिकल सामग्री चीनबाट जिटुजी माध्यमबाट खरिद गरेको छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।