तीन सय सवारी साधन कारवाहीमा


हेटौंडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दसैं अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ।

आगामी दिनमा लापरवाही नगर्न सचेत समेत गराएको छ। तिहारसम्म क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजपत्र नहुने, मादकपदार्थ सेवन गरी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःखदिने सवारी साधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

टाफिक प्रहरीले कारवाहीमार्फत करीब तीन लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ। कारवाहीमा परेका साधनमध्ये नौ सवारी चालक मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो। तिहारमा हेटौंडामा फरकफरक स्थानमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement