यी ३ प्रदेशमा आज पानी पर्ने

यी ३ प्रदेशमा आज पानी पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।

‘बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन, चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने विभागले जनाए छ ।

बुधबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।